टुंडिखेलमा सेभेन ए साइड फुटबल जारी, सोमबार १२ खेल हुने

पाेखरा | भदौ २, २०८१

टुंडिखेलमा सेभेन ए साइड फुटबल जारी, सोमबार १२ खेल हुने

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन (सोमबार) पनि १२ वटा खेलहरु हुने भएको छ ।

 

आयोजकका प्रतिनिधि आकाश थपलियाका अनुसार आगामी ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगितामा पहिलो चरणकै खेल जारी रहेको छ ।

 

सोमबार पहिलो खेल लेकसिटी र अर्चलबोटबीच हुनेछ । यस्तै दोस्रो खेल कोमागाने र बिवाइवाईसीबीच हुनेछ ।  

 

तेस्रो खेलमा पसगाउँ र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । चौंथो खेल मिक्की एफसी र सन्तोष मेमोरियल, पाँचौ खेलमा अनिश एफसी र भण्डारढिक, छैटौं खेल युनाइटेड बगर र ट्रिपल ए बीच हुनेछ ।

 

सातौ खेलमा नदीपुर र एम ३२ मजुवाबीच प्रतिस्पर्धा हुनेछ । 

 

यस्तै आठौं खेल रामघाट र सनराइज, नवौं खेलमा क्याफे क्यामेलिया र छोरेपाटन, दशौं खेलमा वल्ड हाउस र केआइइसी, एघारौं खेलमा आम्र्या कन्सट्रक्सन र मिलनटोल र अन्तिम खेलमा कसेरी १ र आर १० रामबजारबीच प्रतिस्पर्धा हुने थापलियाले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।

 

उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।

 

यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।

 

आज पनि पहिलो चरणकै १२ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 


 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्